भोटखोला गाउँपालिका कांग्रेस सभापतिमा पासाङ खम्बा भोटे


१० आश्विन २०७८, आइतबार


संखुवासभाको भोटखोला गाउँपालिकाको कांग्रेस सभापतिमा पासाङ खम्बा भोटे चयन भएका छन् । भोटे सर्वसहमतीमा सभापति भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा भएको गाउँ नगर अधिवेशनबाट भोटखोला गाउँपालिकामा सर्वसहमती जुटेको हो ।

भोटे सभापति सहित विभिन्न पदको लागि सर्वसहमति जुटेको जिल्ला सचिव डम्बर वस्नेतले इमकालु अनलाइनलाई जानकारी दिए।

खाँदबारी नगरपालिका र मकालु गाउँपालिका बाहेक अन्य ८ वटा पालिकामा सहमतीमा समिति चयन गरिएको छ । सभापोखरी गाउँपालिकामा सहमती हुन नसकेपछी आज पनि अधिवेशनको क्रम चलिरहेको छ ।

सम्बन्धित समाचार