नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्तर्गत भइरहेको गाउँ नगर अधिवेशनमा खाँदबारी नगरपालिकामा गणेश कार्की र मकालु गाउँपालिकामा ओंदी शेर्पा सभापतिमा विजयी भएका छन् ।
खाँदबारी नगरपालिकामा प्रतिद्वन्दी गोकुल खनाललाई पछि पार्दै गणेश कार्की विजयी भएका हुन्। कार्कीले १ सय ५९ मत ल्याएका थिए भने खनालले ९५ मत प्राप्त गरेको थिए ।
त्यसै गरी मकालु गाउँपालिकामा प्रतिद्वन्दी रुद्र बहादुर राईलाई पछिपार्दै ओंदी शेर्पा विजयी भएका हुन्। शेर्पाले ६८ मत ल्याएका थिए भने राईले ३५ मत ल्याएका थिए ।
उपसभापतिमा कृष्णमान गुरुङ र वसन्त कुमार राई विजयी भएका छन् । गुरुङले ८१ मत र राईले ७० मत ल्याएर विजयी भएका हुन । उपसभापतिमा तीन जनाको उमेद्वारी रहेको थियो । प्रतिद्धन्दी मणिलाल राईले ४३ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया