संखुवासभाको सभापोखरी गाउँपालिकाको कांग्रेस सभापतिमा जितेन्द्र लिम्बु चयन भएका छन् । लिम्बु सर्वसहमतीमा सभापति भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा भएको गाउँ नगर अधिवेशनबाट सभापोखरी गाउँपालिकामा सर्वसहमती जुटेको हो ।
लिम्बु सभापति सहित विभिन्न पदको लागि सर्वसहमति जुटेको जिल्ला सचिव डम्बर वस्नेतले इमकालु अनलाइनलाई जानकारी दिए।
खाँदबारी नगरपालिका र मकालु गाउँपालिका बाहेक अन्य पालिकामा सहमतीमा समिति चयन गरिएको छ ।
प्रतिक्रिया