संखुवासभा कांग्रेसको नेतृत्व चयन सर्बसम्मत, कस्ले कुन पदमा सहमती गरे ?



खाँदबारी । नेपाली कांग्रेस संखुवासभाको नेतृत्व चयमा सहमती जुटेको छ । जिल्ला र दुवै क्षेत्रको नेतृत्व चयन सर्बसम्मत हुने भएको हो ।

यस अघि जिल्ला सभापतिको उमेद्वार घोषणा गरेको मुक्तिसिंह राईले उमेद्वारी फिर्ता लिएपछि पुर्व राज्यमन्त्री दीपक खड्का सभापतिमा निर्विरोध भएका छन् । प्रदेश (क) मा देउमान राई क्षेत्रीय सभापति पदमा रहने भएका छन् भने उनका प्रतिद्वन्दी टकमान घले जिल्ला कार्य समिति सचिवमा रहने भएका हुन् । प्रदेश सभा (ख) मा पनि दिपेन्द्रमान शाक्य निर्विरोध चयन भएको छ ।

अन्य नेताहरुलाई पनि उचित पदमा समेटेर लगिने जिल्ला सभापति दीपन कुमार श्रेष्ठले बताए ।

 

सम्बन्धित समाचार