संखुवासभा । नेपाली कांग्रेस संखुवासभाको जिल्ला अधिवेसन आज देखि सदरमुकाम खाँदबारीमा सुरु भएको छ । जिल्ला सभापति सहित विभिन्न पदमा १ सय ५५ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्ला सभापतिमा पुर्वराज्यमन्त्रि दिपक खड्का, लक्ष्मण राई, राइमान राईले उम्मेदवारी दिएका छन् । दिउँसो ३ बजे देखि ६ बजे सम्म उम्मेदवार मनोनयन दर्ता गराएका थिए । निर्वाचन समिति उम्मेदवारीको नामावली प्रकाशनको तयारीमा रहेको छ । संखुवासभा जिल्ला कार्यसमितिमा ४२ पद र महाधिवेसन प्रतिनिधीका लागि २६ पदमा निर्वाचन हुन लागेको नेपाली कांग्रेस संखुवासभाले जनाएको छ ।
उम्मेदवारीको मनोनयन फिर्ताको समय साँझ ७ः३० देखि ८ः ३० बजे सम्म रहेको कार्यतालिका रहेको छ । भोली शनिवार विहान ८ बजे देखि १ बजे सम्म मतदान हुने कार्यतालिका निर्वाचन समितिले तय गरेको छ । जिल्ला अधिवेसनमा एक हजार तीन सय ८९ जना प्रतिनिधीहरुले मतदान गर्न पाउने छन् ।
प्रदेश निर्वाचन क्षेत्रिय अधिवेसनबाटै सर्वसम्मतीका लागि नेपाली कांग्रेस संखुवासभाले प्रयत्न गरेको थियो । प्रदेश क र प्रदेश ख दुवै क्षेत्रमा सहमतिमै कार्यसमिति चयन गरेको छ । प्रदेश क को सभापतिमा देउमान राई र प्रदेश ख को सभापतिमा दीपेन्द्रमान शाक्य सहितको क्षेत्रिय कार्यसमिति सर्वसम्मतीमा चयन भइसको छ ।
जिल्ला कार्यसमितिमा पनि सहमति जुटाउने प्रयास भइरहेको जिल्ला सभापति दिपनकुमार श्रेष्ठले अरुण सन्देशलाई बताए । जिल्ला सभापतिका प्रभावशाली आकांक्षी नेताहरु वर्तमान सभापति दिपनकुमार श्रेष्ठ र नेता मुक्तिसिं राईले जिल्ला सभापतिमा पुर्वराज्य मन्त्रि खड्कालाई सर्मथन जनाइसकेका छन् ।
जिल्ला अधिवेसनको उद्घाटन सत्र सभापति दिपन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा९एमाले० कार्यालय सचिव नारायण कटुवाल, नेकपा माओवादी (केन्द्र) जिल्ला संयोजक कृष्ण जीमि, नेकपा (एकिकृत समाजवादी) अध्यक्ष हेमराज घिमिरे, जनता समाजवादीका कमानसिं राई लगायतका नेताहरुले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा पुर्वराज्यमन्त्रि दिपक खड्का, पुर्वराज्यमन्त्रि तारामान गुरुङ लगायतका कांग्रेस नेताहरुले मन्तव्य राखेका थिए । सहमतिका आधारमा जिल्ला अधिवेसन सम्मपन्न गर्ने कांग्रेस नेताहरुले कार्यक्रममा प्रतिवद्धता जनाएका छन् । जिल्लामा भएको गुटको अन्त्यका लागिमा पनि संखुवासभा कांग्रेस सहमतिको प्रयासमा छ । नेताहरु सहमत भएपनि कार्यकर्ताहरुले असहमति जनाउँदै छुट्टाछुटै उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया