संखुवासभा । नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्तर्गत शुक्रबार देखि सुरु भएको नेपाली कांग्रेस संखुवासभाको महाधीवेशन अन्तत्वगत्व निर्वाचन हुने निश्चित भएको छ । निर्वाचन हुने भएपछी निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण तयारी थालेको छ ।
शुक्रबार साँझसम्म पनि सहमती नजुटेपछी मनोनयन दर्ता गरिएको थियो । मनोनयन दर्ता समयावधीमा १ सय ५५ जनाले उम्मेद्धारी दर्ता गराएका थिए । उम्मेद्धारी दर्तापछी पनि जिल्लाका नेत्ृत्वले सहमती जुटाउनका लागि निकै कसरत गरेको थियो । तर शनिबार बिहानसम्म पनि सहमती हुने छाँटकाँट नदेखिएपछी उम्मेद्धारहरुले मतदातासमक्ष भोट अपिल गर्न थालेका छन् ।
जिल्ला सभापति पदका लागि पुर्व राज्यमन्त्री खड्कालाई सर्वसम्मत गर्नका लागि विगत देखिनै कोशिस जारी रहेपनि शुक्रबार सभापति पदका लागि राईमान राई र लक्ष्मण राईको उममेद्धारी परेपछी खड्काको पक्षमा सहमती हुन सकेन । निर्वाचन हुने देखिएपछी खड्काको बलियो प्रतिद्धन्द्धी मानिएका राईमान राईलाई महाधीवेशनमा असन्तुष्ट रहेका पक्षले मत दिन सक्ने विश्वास गरिएको छ ।
सभापति पदसंगै जिल्लाका अन्य पद र प्रतिनिधिका लागि समेत मतदान हुने भएको छ । उम्मेद्धारहरुले आफ्ना पालिका र क्षेत्रका मतदाताहरुलाई सदरमुकाम ल्याइसकेका छन् ।
संखुवासभा जिल्ला कार्यसमितिमा ४२ पद र महाधिवेसन प्रतिनिधीका लागि २६ पदमा निर्वाचन हुन लागेको नेपाली कांग्रेस संखुवासभाले जनाएको छ ।
जिल्ला अधिवेसनमा एक हजार तीन सय ८९ जना प्रतिनिधीहरुले मतदान गर्न पाउने छन् ।
प्रदेश निर्वाचन क्षेत्रिय अधिवेसनबाटै सर्वसम्मतीका लागि नेपाली कांग्रेस संखुवासभाले प्रयत्न गरेको थियो । प्रदेश क र प्रदेश ख दुवै क्षेत्रमा सहमतिमै कार्यसमिति चयन गरेको छ । प्रदेश क को सभापतिमा देउमान राई र प्रदेश ख को सभापतिमा दीपेन्द्रमान शाक्य सहितको क्षेत्रिय कार्यसमिति सर्वसम्मतीमा चयन भइसको छ ।
प्रतिक्रिया