सभापतिमा खड्का र राईको कडा प्रतिष्पर्धा : मतदान सुरू


१६ आश्विन २०७८, शनिबार


नेपाली काँग्रेसको १४ औं जिल्ला अधिबेसनमा सहमति नभएपछि अन्नतः मतदान सुरु भएको छ ।

शुक्रबार (हिजो) उद्घाटन भएको जिल्ला अधिबेसनमा सहमतिमा नै सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएपनि सहमति नजुटेपछि मतदान गरिएको हो । अन्नतः जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री दिपक खड्का र राईबहादुर राई बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । अन्य पदका लागि समेत मतदान सुरु भएको छ ।

खाँदबारीको पोखरी पार्क भित्र निर्वाचन क्षेत्र नं. १ र २ को फरक–फरक ठाउँमा दुई/दुई वटा वालेट बक्स राखिएको छ । निर्वाचन गराउनका लागि निर्वाचन मण्डल खटिएका छन् । जिल्ला सभापतिसंगै कार्यसमितिमा ४२ पद र महाधिबेसन प्रतिनिधीका लागि २६ पदमा मतदान हुने छ । संखुवासभामा एक हजार तीन सय ८९ प्रतिनिधीहरुले मतदान गर्न पाउनेछन् । मतदान गर्न प्रतिनिधीहरुको भीड लागेको छ ।

सम्बन्धित समाचार