संखुवासभामा विधुत्त प्राधिकरणद्धारा पोलको भाडा संकलन शुरु


१६ आश्विन २०७८, शनिबार


नेपाल विद्युत्त प्राधिकरण खाँदबारी वितरण केन्द्रले संखुवासभामा केबल नेटवर्क र इन्टरनेट प्रदायक संस्थाहरुले सेवा बिस्तार गर्न प्रयोग गरेको पोलको भाडा संकलन गर्न शुरु गरेको छ ।

जिल्लामा हालसम्म चार वटा निजी प्रदायक संस्थाहरुले कुल एक लाख ५८ हजार पाँच सय रुपैया राजश्व वापतको रकम जम्मा गरिसकेको विद्युत्त प्राधिकरण खाँदबारी वितरण केन्द्रका लेखा प्रमुख सफल देवकोटाले बताए । उनको अनुसार, कृति नेटवर्कले ८० हजार तीन सय रुपैया, हाम्रो केवल नेटवर्कले २५ हजार पाँच सय रुपैया, सगरमाथा टेलिकम्युनिकेसनले ३४ हजार रुपैया र मादी आइटी सोलुसनले १९ हजार रुपैया पोलको भाडा वापतको रकम खाँदबारी वितरण केन्द्रको धरौटी खातामा रकम जम्मा गरिसकेको छ ।

अहिले तत्काललाई धरौटी खातामा रकम जम्मा गरिएपनि केहीसमय पछि नेपाल विद्युत्त प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरसंग निजी प्रदायक संस्थाहरुको संम्झौता पछि उक्त रकम राजश्व खाता रकम टान्सफर गरिने लेखा प्रमुख देवकोटाको भनाइ छ ।

अन्य विभिन्न केवल नेटवर्क र इन्टरनेटहरुले विजुलीको खम्बा प्रयोग गरेवापत राजश्व संकलन गर्न पत्राचार गरिसकिएकाले ति संस्थाहरुले राजश्व संकलन गर्ने चरणमा रहेको वितरण केन्द्रले जनाएको छ ।

गाउँ–गाउँ सम्म विद्युत्त विस्तार गर्नका लागि प्रयोग गरिएको विजुलीको खम्बामा नै निजी प्रदायक संस्थाहरुले आ–आफ्नो तार बिस्तार गर्ने गरेको छ । बिजुलीको खम्बामा धेरै तारहरु हुदाँ लोड बढि भएर खम्बा भाँचिने, हावाहुरी बतासले लडाउने जस्ता समस्याहरु देखापरेकाले मर्मत संम्भार गर्नमा केही राहत पुग्ने र निजी प्रदायक संस्थाहरुले समेत अपनत्व अपनाउने भएकाले सरकारले राजश्वको दायरा ल्याइएको विद्युत्त प्राधिरकणको भनाइ छ ।

जिल्लामा आधा दर्जन भन्दा बढि निजी प्रदायक इन्टरनेट कम्पनीहरु संचालनमा रहेका छन् ।

सम्बन्धित समाचार