भोजपुर । नेपाली कांग्रेस नेवि संघका नगर सभापति सहित नेपाली कांग्रेसबाट ७५ जना एकीकृत समाजवादीमा समाहित भएका छन् । षडानन्द नगरपालिका वडा नं. ११ तथा एकीकृत समाजवादीका केन्द्रिय सचिव राजेन्द्र राईको वडामा नेवि संघका सभापति मिलन विष्ट, पुर्व वडा सभापतिद्धय जित बहादुर कार्की र वसन्त श्रेष्ठ सहित नेपाली कांग्रेसबाट ७५ जना (एस) पार्टीमा समाहित भएका हुन् । समाहित हुनेहरुलाई नेकपा (एस) पार्टीका केन्द्रिय सचिव राजेन्द्र राईले स्वागत गरेका थिए ।
नेपाली कांग्रेसको हाल चलिरहेको १४ औं माहाधिवेशनको वडा अधिवेशनमा एकलौटी निर्णय भएपछि उनीहरु रुष्ट भएका थिए । लोकतान्त्रिक पद्धतिलाई आत्मासाथ गर्ने नेपाली कांग्रेस पार्टीले लोकतान्त्रिक पद्धतिको प्रयोग नगरी निरङ्कुस पद्धतीबाट समिति गठन भएपछि उनिहरु त्यसको विरुद्धमा लागेका थिए ।
अबको विकासको यात्रा नेकपा एस पार्टीले मात्रै गर्न सक्ने भएकाले एस पार्टीमा समाहित हुने निर्णय भएको नेवि संघ नगर सभापति मिलन विष्टले बताए । उक्त समाहित कार्यक्रम नेकपा (एस) पार्टीको षडानन्द नगरपालिका वडा नं. ११ को वडा कमिटी गठन कार्यक्रम भएको हो ।
प्रतिक्रिया