संखुवासभा । नेपाली कांग्रेस १४ औं महाधीवेशन अन्तर्गत संखुवासभामा भएको जिल्ला अधिवेशनबाट सभापति पदमा दिपक खड्का निर्वाचित भएका छन् । पुर्वराज्यमन्त्री समेत रहेका खड्का फराकिलो मतान्तरले विजयी भएका हुन् । उनले १ हजार १ सय ९८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी राई बहादुर राईले १ सय १० मत प्राप्त गरेका थिए ।
असोज १५ गते देखि सुरु भएको जिल्ला महाधिवेशनमा अन्य पदका लागि समेत निर्वाचन भएको थियो । निर्वाचनमा संखुवासभा कांग्रेसका १ हजार ३ सय ५२ जनाले मतदान गरेकका थिए ।
प्रतिक्रिया