संखुवासभा कांग्रेस उपसभापतिमा गौली र जिमी निर्वाचित


१८ आश्विन २०७८, सोमबार


संखुवासभा । नेपाली कांग्रेस १४ औं महाधीवेशन अन्तर्गत संखुवासभामा भएको जिल्ला अधिवेशनबाट उपसभापति पदमा अनन्त गौली र राम कुमार जिमी निर्वाचित भएका छन् । गौलीले ६ सय ७० मत र जिमीले ९ सय १६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी शेर बहादुर वन सन्यासीले ५ सय ८२ मत प्राप्त गरेका थिए ।

असोज १५ गते देखि सुरु भएको जिल्ला महाधिवेशनमा अन्य पदका लागि समेत निर्वाचन भएको थियो । निर्वाचनमा संखुवासभा कांग्रेसका १ हजार ३ सय ५२ जनाले मतदान गरेकका थिए ।

सम्बन्धित समाचार