संखुवासभा मिलन केन्द्रद्वारा मनकामना बृद्धाश्रमका विरामीको स्वास्थ्य परिक्षण


१८ आश्विन २०७८, सोमबार


संखुवासभा मिलन केन्द्रले खाँदबारी ९ मा रहेको मनकामना मन्दिरमा बस्दै आएका ३५ जना बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । मिलन केन्द्रले उनीहरुलाई निशुल्क औषधि पनि बितरण गरेको छ । मिलन केन्द्रले मनकामना मन्दिर परिषरको सरसफाई गरेको केन्द्रका सचिव रुद्रमणी श्रेष्ठले बताए । मन्दिर परिषरमा बस्दै आएका जेष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिएको गुनासो आएपछि मिलन केन्द्रले उनीहरुको उपचार गरेको हो ।

No description available.

कार्यक्रममा महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यमकुमारी खतिवडा, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा लगायत कर्मचारी मिलन केन्द्रमा आवद्ध कर्मचारीहरुको सहभागिता थियो ।

No description available.

 

No description available.

 

सम्बन्धित समाचार