संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा भएको ६ जनाको हत्यामा संलग्नलाई थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत चैनपुरले हत्यामा संलग्न मादी नगरपालिका १ का खड्ग बहादुर कार्की, लोक बहादुर कार्की, रण बहादुर कार्की र हस्त बहादुर कार्कीलाई पुरपक्षका लािग थुनामा राख्न आदेश दिएको हो । उनीहरुलाई पुरपक्षका लागि कारागार कार्यालय खाँदबारी र एक बालकलाई बाल सुधार गृह बिराटनगर पठाउने आदेश अदालतले दिएको हो ।
गत भदौ २१ गते बिहान मादी नगरपालिका वडा नं. १ उम्लिङ स्थित खोला गाउँमा कार्की परिवारका ६ जनाको हत्या भएको थियो । घटनामा ५८ वर्षीय तेजबहादुर कार्की, ८२ वर्षिया आमा पार्वती कार्की, ५८ ५६ वर्षिया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ८ वर्षका दिपेन कार्की र नातीनी पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
प्रतिक्रिया