संखुवासभा । नेपाली कांग्रेस १४ औं महाधीवेशन अन्तर्गत जिल्ला महाधिवेशन संखुवासभाको निर्वाचन सम्पन्न भएको छ । असोज १५ गते देखि सुरु भएको महाधीवेशनमा अन्तिम घडीसम्म सहमतिको कोशिस गरिए पनि अन्तत निर्वाचन प्रकृयाद्धारा जिल्ला कार्य समिति र प्रतिनिधि चयन गरिएको छ ।
जिल्ला सभापति सहित कार्यसमितिमा ४२ पद र महाधिवेशन प्रतिनिधिका लागि २६ पदमा मतदान भएको थियो । निर्वाचनमा संखुवासभा कांग्रेसका १ हजार ३ सय ५२ जनाले मतदान गरेका थिए ।
सभापतिमा दिपक खड्काले फराकिलो मतान्तरले विजय हासिल गरेका छन् । यस्तै उपसभापतिमा अनन्त गौली र राम कुमार जिमी, सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किसोर कुमार गुरुङ र सुवास कालाखेती लगायत जिल्ला सदस्यहरु निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिको मत परिणाम भने मंगलबार बिहान मात्र सम्पन्न भएको छ ।
केन्द्रिय महाधिवेशन प्रतिनिधिको मत परिणाम
जिल्ला कार्य समितिको मत परिणाम
प्रतिक्रिया