मादी हत्याकाण्डका अभियुक्त पक्राउ गर्ने प्रहरी निरिक्षक सहित २ प्रहरी पुरस्कृत


२१ आश्विन २०७८, बिहिबार


संखुवासभाको मादी नगरपालिका –१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न अभियुक्तहरुलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । उम्लिङ खोला गाउँमा भएको ६ जनाको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडा र प्रहरी साहयक निरिक्षक रुद्र खड्कालाई नगद एक लाख रुपैयाँ सहित पुरस्कृत गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयले ६६ औं प्रहरी दिवसको अवसरमा निरिक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्र खड्कालाई नगद ५०÷५० हजार रुपैयाँ सहित परस्कृत गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उम्लिङ खोलागाँउका एकै परिवारका ६ जनाको हत्या घटनाको सफल अनुसन्धान गरि हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई पक्राउ गर्ने महत्वपूर्ण भूविका निर्वाह गरेको भन्दै खतिवडा र खड्कालाई पुरस्कृत सहित सम्मान गरेको हो । घटनास्थलमा संंम्लग्नलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनरासीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले पुरस्कृत गरेको हो ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका १० प्रहरी समेत सम्मानित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुजेदीले बताए ।

 

सम्बन्धित समाचार