संखुवासभाको सदरमुकाम खाँदबारी बजार क्षेत्रभित्र चार पांग्रे सवारी साधन प्रवेशमा निषेध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार बजारका विभिन्न चोकहरुमा चारपांग्रे सवारी निशेधको संकेत राखेर सो विषयमा चालक र बजारबासीलाई जानकारी गराएको हो ।
बजार क्षेत्रभित्र साँघुरो सडकका कारण सवारी साधन तथा मानिसहरु आवतजावत गर्न समस्या भएपछी चार पांग्रे सवारीलाई प्रवेश निशेध गरिएको ट्राफिक प्रहरीले जनाकारी दिएको छ । साथै ट्र्याक्टर र मिनि ट्रकहरु साँझ ६ बजे देखि बिहान ६ बजेसम्म मात्र बजार क्षेत्रमा प्रबेश गर्न अनुरोध गरिएको छ ।
सम्पुर्ण चार पाङ्ग्रे सवारी चालकहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाको अनुरोध
- खाँदबारी बिदाई चौताराबाट ढोलबाजे हुँदै ठाना चोकतर्फ जान चार पाङ्ग्रे सवारी साधनमा प्रबेश निषेध ।
- खाँदबारी टुडिखेलको बाटो हुँदै ठाना चोकतर्फ जान चार पाङ्ग्रे सवारी साधनमा प्रबेश निषेध ।
- एनसेल डाँडाबाट देवाकोटा चोकतर्फ आउने बाटोमा चार पाङ्ग्रे सवारी साधनमा प्रबेश निषेध ।
- लभिङ हिलबाट हुलाक हुँदै बजार आउने बाटोमा चार पाङ्ग्रे सवारी साधनमा प्रबेश निषेध ।
याद राख्नुहोस् सम्पुर्ण चार पाङ्ग्रे सवारी साधनहरु खाँदबारी नगरपालिकाबाट चाँदनी चोक हुँदै खाँदबारी बजार क्षेत्र प्रबेश गर्नु पर्नेछ ।
साथै ट्र्याकटर र मिनि ट्रकहरु साझ ६ बजे देखि बिहान ६ बजेसम्म मात्र बजार क्षेत्रमा प्रबेश गर्न गराउन हुन सम्पुर्ण चारपांग्रे सवारी चालकहरुमा अनुरोध गर्दछौँ।
प्रतिक्रिया