काठमाडौं । संखुवासभाका दुई स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ केराबारीमा भएको दुर्घटनामा दुई जना र मादी नगरपालिका १ तीनजुरेमा एक जनाको मृत्यु भएको हो ।
चिचिला गाउँपालिका ३ केराबारीमा अरुण तेस्रो जलविद्युत आयोजनाको सिमेन्ट बोकेको भारतीय नम्बर प्लेटको गाडी हिजो बेलुकी ८ बजे अनियन्त्रित भइ १ सय ५० मिटर तल खस्दा घाइते भएका तीन जनामध्ये दुई जनाको आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाडी चालक भारतीय नागरिक ३५ वर्षीय श्याम झा र गाडीमा सवार ४० वर्षीय श्रीनिवास सिंहको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो ।
यसैगरी संखुवासभाको मादी नगरपालिका १ तिनजुरेमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
टुटेबाट गुफातर्फ जाँदै गरेको अनटेष्ट ट्याक्टर अनियन्त्रित भइ भिरबाट करिब ३ सय मिटर तल खस्दा तेह्रथुमको लालीगुराँस नगरपालिका १ का ३७ वर्षीय रमेश दाहालको घटनास्थलमै मृत्यु भएको छ ।
प्रतिक्रिया