नेकपा (एमाले) संखुवासभामा ३ हजार जना बढी नयाँ नेतृत्व चयन हुने


२ कार्तिक २०७८, मंगलबार


नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को वडा र पालिका अधिवेशन नजिकिएको छ । कार्तिक ६ गते वडा अधिवेशन र कार्तिक ९ गते पालिका अधिवेशन हुने भएपछि संखुवासभामा पनि एमालेका नेता कार्यकर्ताको जमघट सुरु हुन थालेको छ ।

यो अधिवेसनमा एमालेले ३ हजार जना भन्दा बढी नेतृत्व चयन गर्नेछ । संखुवासभामा ७६ ओटा वडामा प्रत्येक वडामा ३१ जनाको दरले २ दुई हजार३ सय ५६ जना र १० पालिकामा ८ सय ८० जना गरी ३ हजार २ सय ३६ जना निर्वाचित हुनेछन् ।

अधिवेशनको तयारी तिब्र रूपमा भईरहेको नेकपा (एमाले) संखुवासभाको प्रचार विभाग प्रमुख विनोद सुव्वा गुरूङले इमकालुलाई जानकारी दिए ।

पार्टीको प्रथम विधान महाधिवेशनबाट पारित भएको विधानको आधारमा वडा र पालिका अधिवेशन देश भर हुन लागेको हो । पार्टीको मूख्य आधार नै टोल, वडा र पालिका हुने भएकोले यस पटक युवालाई प्राथमिकता दिने र कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला अनिवार्यरूपमा नेतृत्यमा ल्याउने गुरूङको भनाई छ ।

पार्टीमा आंकाक्षीहरू बढी भएपनी पार्टीमा योगदान र क्षमताको आधारमा सकेसम्म सवै वडा र पालिकामा सर्वसहमत सहमति खोजिने छ । एमाले संखुवासभामा हालसम्म ७ हजार ७ सय ५८ जना संगठित सदस्य रहेका छन् ।

सम्बन्धित समाचार