खाँदबारी । संखुवासभा जिल्ला खेलकुद विकास समिति अध्यक्षमा ध्रुव खड्का नियुक्त भएका छन् । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको खेलकुद बोर्डले खड्कालाई अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यक्षमा खड्कासँगै उपाध्यक्ष पदमा सुनिता गुरुङ नियुक्त भएका छन् । खेलकुद बोर्डबाट नियुक्ति पाएका अध्यक्ष र उपाध्यक्षले जिल्लाको खेलकुद क्षेत्रमा आवद्ध ब्यक्तिहरुलाई समेटेर अन्य पदहरुको पूर्ती गर्नेछन् । जिल्लाका खेलकुद क्षेत्रमा योगदान पुर्याउदै आएकाहरुलाई समेटेर एक हप्ता भित्र समितिलाई पुर्णता दिने अध्यक्ष खड्काले बताएका छन् ।
अध्यक्ष खड्काको कार्य अवधी ४ बर्षको रहने नियुक्ती पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया