भोजपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुर अरुण गाउँपालिका वडा नं ६ जरायोटारको पाल्पालेमा अपांगता समावेशी विपद् जोखिम न्युनीकरण सम्बन्धि तालीम सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालीत समुदायमा आधारीत विपद् जोखीम न्युनीकरण (सिबिडिआरआर) कार्यक्रम अन्तरगत गाउँपालिकाको वडा नं ४,६ र ७ का अपांग भएका व्यक्तिहरुलाई विपदबाट कसरी सुरक्षित गर्न सकिन्छ र उनीहरुप्रती सामाजिक दृष्टिकोण, सञ्चारको पहुच, संवैधानीक तथा कानुनी हक, अधिकार लगायत विषयमा उनीहरुको समुदाय स्तरसम्म पहुच पुर्याउन सरोकारवालाहरुको भूमीकाको बारेमा जानकारी दिने उदेश्यले तालीम आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका कार्यक्रम संयोजक तेज श्रेष्ठले जानकारी दिए ।
तालीमको प्रशिक्षण राष्ट्रिय अपांग महासंघ नेपालका नि वर्तमान अध्यक्ष सुर्दशन सुवेदी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङका कार्यक्रम संयोजक गणेश गौलीले गर्दै आएका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका सभापती तुल ब शुब्बाको अध्यक्षतामा सुरु भएको उद्घाटन तालीममा वडा अध्यक्ष ज्ञानेन्द्र दाहाल सहित गाउँपालिकाको ४,६ र ७ का २१ जना अपांग अथवा उनीहरुको आफन्तहरुको सहभागीता रहेको सिबिडिआरआर कार्यक्रमका फिल्ड सुपरभाइजर शत्रुधन शाहले जानकारी दिए । आजबाट सुरु भएको तालीम कात्र्तिक ७ गते सम्पन्न हुनेछ ।
प्रतिक्रिया