आजबाट सुरु हुँदै सिलिचोङ स्टार, १३ गते साँझ ज्वाला राई सहितका कलाकारले प्रस्तुती दिने



खाँदबारी । ताम्कुले साँगीतिक परिवार ताम्कुले आयोजना गरेको खुल्ला गायन प्रतियोगिता आज (शुक्रबार) बाट सुरु हुदै छ । सिलिचोङ क्षेत्रमा हालसम्मकै सवैभन्दा ठुलो उपाधी तथा पुरस्कार राखिएको कार्यक्रम सगरमाथा मावि ताम्कुको प्राङ्गणमा आज दिउँसोबाट सुरु हुन लागेको हो ।

आज पहिलो दिन जम्मा सहभागीहरुबाट उत्कृष्ठ १० छनौट हुनेछ । उत्कृष्ठ १० बाट भोली (सनिबार) दिउँसो ३ जनालाई फाईनल चरणमा लगिने छ । उत्कृष्ठ ३ फाईनलिष्टबाट सोहि दिनको साँझ अतिथी कलाकारहरुको उपस्थितीमा प्रस्तुती दिने छन् । सोहि प्रस्तुतीको आधारमा विजेता घोषणा गरिने छ । प्रतियोगिताको विजेताले सिलिचोङ स्टार २०७८ उपाधि सहित नगद ३० हजार रुपैयाँ, ट्रफी, प्रमाण पत्र र एउटा गीत गाउने अवसर प्राप्त गर्नेछ । विजेता बाहेकका फाईनलिष्टले पनि ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ठ १० मा परि फाईनल चरणमा नपुगेका प्रतियोगिलाई कार्यक्रमका डिजिटल ल्याव पार्टनर लक्कि डिजिटल खाँदबारीको तर्फबाट गिफ्ट ह्याम्पर उपलब्ध हुनेछ ।

कार्यक्रममा चर्चित कलाकारहरु उमंग लामा, ज्वाला राई, संयोगान्त कुलुङ, उमेश मेवाहाङ, एस्थर कुलुङ, र टिकाराम कुलुङले प्रस्तुती दिनेछन् । कार्यक्रमको संयोजन उमेश चाम्लिङले गरेका छन् । कार्यक्रमको ईभेन्ट एड्भाईजर ध्यान कुलुङ रहेको कार्यक्रमको उद्घोषण सवित कुलुङ (आल्से) ले गर्ने छन् । जिल्लाकै पहिलो सामुदायिक रेडियो खाँदबारी एफ एम खाँदबारी एफ एम, ईमकालु अनलाईन डट कम र नागरिक चासो डट कम मिडिया पार्टनर रहेका छन् । त्यस्तै, डिजिटल ल्याब पार्टनरको रुपमा लक्कि डिजिटल खाँदबारी रहेका छन् ।

सम्बन्धित समाचार