संखुवासभाको चिचिला गाउँपालिका २ दिदिङमा खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा चिचिला गाउँपालिका २ दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट गुरुङको टाउको,आँखा र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ ।
गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ । खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रतिक्रिया