दिङ्ला–कुदाककाउले सडकखण्ड : स्थानीय सरकारको वेवास्ता, सर्वसाधारण मर्कामा


१४ कार्तिक २०७८, आइतबार


भोजपुर । भोजपुरको दिङ्ला–कुदाककाउले सडक खण्डमा स्थानीय सरकारको वेवास्ताका कारण सर्वसाधरण मर्कामा परेका छन् । दिङ्ला–कुदाक काउले सडकको फुर्केथला र चिउरिबोटे उदयपुर डाँडामा सडकको हालत बिग्रिदाँ स्थानीयले सास्ती खेप्नु परेको छ । करिब फुर्केथलामा २ सय मिटर र उदयपुर डाँडामा ३ सय मिटर सडक हिलाम्मे हुँदा स्थानीयले कष्ट खेप्नु परेको छ ।

कुदाक काउले, नेपालेडाँडा, सोमबारे साथै साल्पासिलिछो गाउँपालिका प्रवेश हुने सडक बिग्रँदा मालबहाक साथै यात्रु बहाक सवारी साधन नचल्दा सर्वसाधरण मर्कामा परेका छन् । मोटरसाईकलमा १ घण्ट लाग्ने बाटोमा २ घण्टा र आधा घण्टा लाग्नेमा १ घण्टा लाग्छ । मानिसहरू बिरामी हुँदा स्ट्रेचर, मानिसको पिठ्यूँमा बोकेर दिङ्लासम्म ल्याउनु पर्ने बाध्यता रहेको छ । सडक यसरी बिग्रँदा पनि स्थानीय सरकारले चासो नदिएको स्थानीय कुमार कटवालको गुनासो छ ।

नगरपालिकाले एकपटक स्तरउन्नती गरेपनि सडकको हालत मानिस पैदल हिन्न समेत कठिन रहेको छ । नगरपालिकाको आफ्नै जेसिबी प्रयोग गरेर नगरपालिकाले सडकको स्तरउन्नती गरेपनि गुणस्तर स्तरउन्नती नाली कटान साथै ग्रेड नमिलाई सडकको सरसफाई गरेको कारण सडक बिग्रिएको स्थानीय बद्रि लुईटेलको भनाइ छ ।

चिउरीबोटेदेखि दिङ्ला आउन करिब आधा समय लाग्ने हो तर सडक बिग्रिदा झन्डै एक घण्टा लाग्छ । बच्चाहरुलाई विद्यालय जान आउन पुर्‍याउनसमेत समस्या भईरहेको छ । अझ भैईपरी आउने परिस्थितिमा विभिन्न उपाय अपनाउनु पर्ने स्थानीय राजेन्द्र राईको भनाइ छ ।

नगरपालिकाको ध्यानपनि सडकमा छ सडक स्तरउन्नतीको योजनापनि रहेको छ तर हिउँदको समयमा पनि बर्षात् भएको काणले सडक स्तरउन्नती गर्दा जनै बिग्रने सम्भावना भएकोले नगरपालिकाले बर्षात् रोकिएसंगै तुरुन्तै सडक सरसफाई गर्ने षडानन्द नगरपालिकाका मेयर वीरबल राईले बताए ।

तर नगरपालिकाको अधिकांस क्षेत्रभित्र सञ्चालित कच्चि सडक नगरपालिकाले सरसफाई नगर्दा सर्वसाधरण जोख्खिपुर्ण साथै कठिन यात्रा गर्न बाध्य छन् ।

सम्बन्धित समाचार