घर आगलागी भएपछि खाँदबारी ४ सेकाहाकी गुनामायाँलाई समस्या



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहाको छवयागाउँमा घर आगलागि हुँदा एकल महिलाको बिचल्ली भएको छ । स्थानीय गुनामायाँ गुरुङ एक्लै बस्दै आएको घर आगलागि भएपछि उनको बिचल्ली भएको छ । गुनामायाँको श्रीमान दलबहादुर गुरुङको करिब साढे दुई बर्ष अघि निधन भएको थियो । त्यसपछि एक्लै घरमा बस्दै आएकी गुनामायाँको कुनै सन्तानहरु छैनन् ।

तिहारपर्वको रमझमको समयमा गएको कात्तिक १९ गते राति गोबर्धन पुजाको दिन राति १२ बजेतिर बिद्युत्त सर्ट भई घर आगलागि भएपछि उनको बिचल्ली भएको हो । आगलागिमा परि घर भएको अन्नपात, लत्ताकपडा केहीपनि झिक्न नपाएको स्थानीय वडा सदस्य जीतबहादुर गुरुङले बताए । उनले पिडीत गुनामायाँको ज्यान भन्दा केही सामानहरु घरबाट झिक्न नसकेको बताए ।

अहिले गुनामायाँ छिमेकीको शरणमा बसिरहेका छन् । गुनामायाँलाई गाउँलेहरुले केही राहत संकलन गर्न थालेका छन् । छवयागाउँ टोल विकास संस्थाले पिडीत गुनामायाँ घरधुरी एक हजार रुपैया संकलन गरि १६ घरको १६ हजार रुपैया हस्तान्तरण गरेका छन् । टोलभित्रका एउटा उपभोक्तालाई पिडा परेको समयमा सबैले मिलेर सहयोग गर्नुपर्ने टोलअध्यक्ष प्रेमकुमार गुरुङले बताए ।

त्यसैगरि स्थानीय सेकाहा सामुदायिक बिकास क्लबले कम्बल, सिरक लगायतका करिब पाँच हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष मनिराज गुरुङले पिडीत गुनामायाँको घर निर्माणका लागि विभिन्न संघसंस्था, स्थानीय सरकार र कार्यालयहरुसंग समन्वय, सहकार्य गरि एकतले घर निर्माणका लागि क्लब अग्रसर भएर लागि परेको र मनका धनी दाताहरुलाई सहयोग गरिदिन अपिल समेत गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीले त्रिपाल, भाडाकुडा लगायतका सामग्रीहरु राहत उपलब्ध गराएको छ । भने खाँदबारी नगरपालिकाले पनि त्रिपाल र भाडाकुडा उपलब्ध गराएको छ । भने जिल्ला प्रशासन कार्यालय संखुवासभाले विपत्त कोषबाट पिडीत गुनामायाँलाई १५ हजार रुपैया राहत उपलब्ध गराएको पिडीत गुनामाायाँले बताईन् । उनले सबै दाताहरुबाट सहयोगको अपिल समेत गरेकी छिन् ।

पिडीत गुनामायाँको घर आगलागि हँदा सात लाख ७५ हजार रुपैया बराबरको क्षति भएको मूल्याङकन गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पछिल्लो समयमा संखुवासभामा आगलागिका घटनाहरु बढ्न थालेका छन् ।

सम्बन्धित समाचार