सङ्खुवासभामा लामो र छोटो दुरीको सवारी साधन ठप्प, बजार पसल बन्द



खाँदबारी । पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा विप्लप नेतृत्वको पार्टीले गरेको बन्दका कारण सङ्खुवासभामा यातायात तथा बजार पसल बन्द छन् । जिल्लाको प्राय सवै काउण्टरबाट छुट्ने लामो तथा छोटो दुरीको सवारी साधन चलेका छैनन् ।

मुख्य गरि खाँदबारी, चैनपुर, तुम्लिङटार, बाह्रविसे, नुम लगायतका काउण्टरहरुबाट छुट्ने बस र ट्याक्सीहरु चलेका छैनन् । जिल्लाका विभिन्न काउण्टरहरुबाट धरान, विराटनगर र काठ्माण्डौका लागि बसहरु छुट्ने गरेका छन् ।

बन्दका कारण जिल्लाका मुख्य बजार पसलहरु पनि बन्द छन् । जिल्लाका मुख्य ब्यापारिक केन्द्रहरु खाँदबारी, मानेभञ्ज्याङ चैनपुर लगायतका पसलहरु विहानैदेखि बन्द छन् । बजार पसलहरु सँगै यातायात ठप्प हुँदा नागरिकहरुले सास्ती पाएका छन् । मुल्य बृद्धिको विरुद्धमा आन्दोलन गर्नु सहि भएपनि विधि गलत रहेको आम नागरिकहरुको भनाई छ ।

नेपाल बन्द गर्नु गलत रहेको बताउनुहुँदै बन्दको विकल्प खोजेर आन्दोलन गर्नु पर्ने सङ्खुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको माग छ । बन्दका कारण दैनिक करोडौको घाटा देशले ब्यहोर्नु परेको शाक्यको भनाई छ ।

सम्बन्धित समाचार