कोभिड १९पुर्व तयारीमा तथा प्रतिकार्यमा संखुवासभा रेडक्रस सक्रिय



कोभिड १९ को संक्रमणलाई थप फैलन नदिन र यसबाट समुदायलाई बचाउनका लागि नेपाल रेडक्रस सोसाईटी संखुवासभाले समुदाय स्तरमापूर्व तयारी तथाप्रतिकार्यको गतिविधिहरु अघि बढाएको छ । संखुवासभा जिल्लामा पनि कोभिड १९ को संक्रमणबाट देखिएको असरलाई कमगर्न र थप फैलिन नदिनका लागि नेरेसो केन्दको समन्वय तथा रेडक्रसको अन्तराष्ट्रिय महासंघको सहयोगमा संखुवासभा रेडक्रसले कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य अभियान सुरु गरेको हो ।

कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य अप्रेसन परियोजना अन्तर्गत रेडक्रसले जिल््ला स्थित सरोकारवाला निकायहरु संग समन्वय गरी गतिविधिहरु प्रभावकारी ढंगले संचालन गरेको हो । परियोजनाको बिषयमा रेडक्रस संखुवासभाका पदाधिकारीहरुलाई विहिबार एक कार्यक्रमका विच जानकारी दिए संगै अभियानलाई थप प्रभावकारी बनाउनका लागि रेडक्रसका स्वंमसेवकहरु परिचालन गरिएको परियोजना फोकलपर्सन पुष्पराज राईले जानकारी दिनु भयो । परियोजनाले कोभिड संग संम्बन्धि जनचेतनामुलक सन्देशहरु प्रचार प्रसार र कार्तिक ८ गते देखि नगरपालिका तथा गाउँ पालिकाहरुले संचालन गरेको कोभिड १९ विरुद्वको भेरोसेल दोस्रो डोज लागाइने खोप केन्द्रहरुमा स्वंमसेवकहरु परिचालन गरी स्थानिय सरकारलाई खोप केन्द्रहरुमा सहयोग गर्ने अभियानलाई प्रभावकारी बनाउन लागि परेको राईले जानकारी दिनु भयो ।

रेडक्रसद्धारा स्वयमसेवकहरु तथा एम्वुलेन्स चालकहरुलाई संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण गरी समुदायमा परिचालित स्वमसेवकहरुले खोप संचालन भएको स्थानमा खोप कार्ड दर्ता गर्ने मास्क नलगाई आएकाहरुलाई माक्स वितरण गर्ने, स्वस्थ्य मापदन्ड अपनाई लाइनमा बसाउन सहयोग गर्ने ,खोप लगाइ सकेपछि पनि नेपाल सरकार जनस्वास्थ्य मन्त्रालयबाट जारी स्वस्थ्य मापदन्डहरु पालान गर्न सल्लाह दिने , कोभिड संक्रमण रोकथाम सम्बन्धी सुचना, शिक्षा र सञ्चारका सामाग्रीहरु वितरण गर्ने ,साथै मानिसहरुको आवतजावत हुने स्थान , होस्पिटल, विद्यालय बजार क्षेत्रका चोकहरुमा सन्देशमुलक व्यानरहरु टाँस गर्ने, जनचेतना मुलक जनहितमा जारि सन्देश सहितको माइकिङ्ग गर्ने जिङ्गलहरु विभिन्न एफ एमहरुबाट प्रसारण गरी नागरिकलाई सु–सूचित गर्ने, लगायतका विभिन्न कार्यहरु गरिरहेको छ ।

सम्बन्धित समाचार