संखुवासभा आएका सामान्य प्रशासन मन्त्री श्रेष्ठले भने गठबन्धन निर्वाचनसम्म नै रहनुपर्छ



सङ्खुवासभा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रेष्ठले हालको पाँच दलको गठबन्धन आसन्न निर्वाचन पश्चातसम्म नै रहनु पर्ने बताएका छन् । जनता समाजवादी पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न सङ्खुवासभा आएका मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

गठबन्धन कायम राख्नका लागि अन्य दलहरुसँग छलफल र बहस भईरहेको उनले बताए । गठबन्धनको रुपरेखा तय गर्नका लागि उच्च स्तरीय राजनितिक संयन्त्र निर्माण गर्नु पर्ने मन्त्री श्रेष्ठले बताए । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन बनाएर जाने सहमती भईसकेको र प्रतिनिधी सभाको निर्वाचनमा समेत गठबन्धन नै बनाएर चुनावी मैदानमा उत्रीने उनले विश्वास ब्यक्त गरे। नेपालमा एकल पार्टीको बर्चश्वको सरकारले काम गर्न नसक्ने दृश्तान्त अघिल्लो नेकपाको सरकारले प्रमाणित गरिसकेकोले गठबन्धन कायम राख्नु पर्ने उनको भनाई थियो ।

मन्त्री श्रेष्ठ शुक्रबार तुम्लिङटार विमानस्थल ओर्लेर गाडीबाट मकालु गाउँपालिकाको नुम बजार पुगेका थिए । त्यहाँ आयोजित जनसभालाई सम्बोधन गरि सोहि राती खाँदबारी फर्किएका थिए। सनिबार विहान जिल्लाका कार्यालय प्रमुखहरुसँग भेटघाट र पत्रकार महासंघ सङ्खुवासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी पश्चात दिउँसो काठ्माण्डौ फर्किएका छन् ।

सम्बन्धित समाचार