सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
हिजो बेलुका स ६ प ५०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा सप्तरी खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलमको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।
प्रतिक्रिया