प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च परिसरमा आज पनि प्रदर्शन



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार पनि धर्ना जारी राखेका छन् ।

उनीहरू सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका छन् । धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका थिए ।

धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै १४ कात्तिकदेखि प्रदर्शन गर्दै आएको छ ।

आन्दोलनअन्तर्गत नेपाल बारले आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकका बहस पैरवी नगर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार