कांग्रेस भोजपुर : प्रदेशसभा ‘क’मा बस्नेत र ‘ख’मा खुलाल सभापतिमा निर्वाचित



भोजपुर । नेपाली कांग्रेस भोजपुरको प्रदेश सभा ‘क’ र ‘ख’को नेतृत्व चयन भएको छ।

प्रदेशसभा ‘ख’मा मदन खुलाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन्। उपसभापतिमा घमचन्द्र दाहाल, भविन्द्र राई, सचिवमा विनम श्रेष्ठ, निम्नुरी शेर्पा र सहसचिवमा प्रलाद थापा, विशुराम राई निर्वाचित भएका छन्।

प्रदेशसभा ‘क’मा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो। सभापतिमा सरोज बस्तेन निर्वाचित भएका छन्। बस्नेतले २९९ मत र निकटतम प्रतिद्वन्द्वी देवन्द्र राईले १५७ मत ल्याएका छन्।

जिल्ला सभापतिमा भने तीन जनाले दावेदारी प्रस्तुत गरेका छन्। वर्तमान सभापति नन्दमणि राई, विनोद बान्तवा र बालकृष्ण थापाको सभापतिमा दावेदारी रहेको छ।

 

सम्बन्धित समाचार