धौलागिरी आधार शिविरबाट ८ विदेशीसहित १७ नेपाली गाइडको उद्दार



जोमसोम । बाँक्लो हिमपात र मौसम प्रतिकुलताका कारण धौलागिरी आधार शिविरमा अलपत्र ८ विदेशीसहित १७ जना पर्यटक पथ प्रर्दशकको आइतबार बिहान हेलिकोप्टरबाट उद्दार गरिएको छ । उनीहरु सबैको हेलिमार्फत उद्दार भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार धौलागिरी आधार शिविरबाट बेल्जियमका ४ जना,स्पेनीस ४ जना र १७ जना नेपाली पथप्रदर्शक गाइडको उद्दार गरिएको हो ।उनीहरुलाई धौलागिरि आधार शिविरको हिडन भ्यालीबाट जोमसोम ल्याइ सकुशल हेलि उद्दार गरिएको हो ।

धौलागिरि आधार शिविर हिँड्न भ्यालीमा अलपत्र परेकामध्ये दुई समूहले ट्राभल एजेन्सीको समन्वय गरेका थिए भने अर्को एक समूह भने आफूखुसी बिना पथप्रदर्शकसहित धौलागिरि चर्किय पदयात्रामा निस्किएका थिए ।

जसमध्ये २ जना पुरुष र २ महिला गरी ४ जना बेल्जियम पर्यटक र दुईजना स्पेनीस पुरुष पर्यटकले ट्राभल एजेन्सीमार्फत त्यहाँ पुगेका थिए भने अर्को २ जना स्पेनीस पर्यटक बिना प्रथप्रदर्शक आधार शिविर पुगेका थिए ।

प्रहरीका अनुसार बिनापथ प्रदर्शक, बिना ट्राभल एजेन्सीको समन्वय गरी आधार शिविर पुगेका पर्यटकको समेत स्थानीय प्रशासन ,गृह मन्त्रालय र सम्बन्धित दूताबासको समन्वय गरी उद्दार गरिएको हो । मौसम प्रतिकुलतासँगै बाक्लो हिमपातका कारण पदमार्ग पहिल्याउन नसक्दा आधार शिविरको हिँडन भ्यालीमा दुई दिनसम्म अपलत्र परेको ट्रेकिङ तथा माउन्टेन पथप्रदर्शक फुर्वा शेर्पाले जानकारी दिए ।

उनका अनुसार म्याग्दीको धारापानीबाट सुरु गरिएको धौलागिरी चर्किय पदमार्गमा यात्रा गर्ने क्रममा धौलागिरी आधार शिविरहुँदै फ्रेन्च पास भएर ५३ सय मिटर अग्लो उचाइमा अवस्थित हिँडन भ्याली आइपुग्दा बाक्लो हिमपात भएको र हिमपातका कारण गन्तब्य पहिल्याउन नसकी २ दिनसम्म त्यही अलपत्र परेको बताए ।

सम्बन्धित समाचार