पश्चिम नवलपरासीमा गाडीको ठक्करबाट २ जनाको मृत्यु



काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ४ रमवापुरमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका १० का २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुँवरको मृत्यु भएको हो ।

बमा राति साढे १२ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका ८ बैजनाथपुरमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गौर(चपुर सडकखण्डमा ना ५३ प ६११२ नम्बरको मोटरसाइकल र ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल गएराति पौने १ बजे आपसमा ठोकिएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका ६११२ नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका ९ का २४ वर्षीय रामाशंकर साहको उपचारको क्रममा चपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार