काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयभित्रको समस्या छिट्टै समाधान गर्ने आश्वासन दिनुभएको छ ।
नेपाल बार एसोसिएशनका पदाधिकारीसँग बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबारे एकरदुई दिनमै सत्तारुढ गठबन्धनको बैठक बोलाएर निर्णय गर्ने बताउनुभएको हो ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै महिना दिनदेखि आन्दोलनरत नेपाल बारले अब प्रधानन्यायाधीशबारे आफ्नो संवैधानिक दायित्व पूरा गर्न संसद्का सबै राजनीतिक दललाई आग्रह गर्दै आएको छ ।
प्रधानन्यायाधीशले संविधानको मर्मअनुसारको स्वतन्त्र न्यायपालिका कायम नराखेको भन्दै उहाँलाई अब संसद्ले महाअभियोग लगाउनुपर्ने भन्दै बारले सबै दलका नेतालाई ज्ञापनपत्र बुझाइसकेको छ ।
महाअभियोग लगाउनुपर्ने १७ कारण उल्लेख भएको ज्ञापनपत्र उनीहरूले प्रधानमन्त्री देउवालाई पनि बुझाएका छन्।
प्रतिक्रिया