माओवादी नेता पुनलाई थप उपचारका लागि थाइल्यान्डबाट चीन लगियो


१० मंसिर २०७८, शुक्रबार


काठमाण्डौ । नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ ।

डेढ महिनादेखि थाइल्यान्डको बैङ्ककमा रहेको समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।

पुन विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित हुनुहुन्छ । बैङ्ककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न आज उहाँलाई चीन लगिएको हो ।

सम्बन्धित समाचार