देउसी खेलेर संकलित रकम मृगौला पीडितलाई सहयोग



जिल्लाको खाँदबारी नगरपालिका–६ का स्थानियले तिहारमा देउसी खेलेर संकलन गरेको रकम मृगौला पिडितको उपचारमा सहयोग गरेका छन् । दुवै मृगौला फेलभएका खाँदबारी–६ का ४५ वर्षिय जीतबहादुर राना मगरको उपचारका लागि एक लाख ८२ हजार छ सय ६२ रुपैयाँ सहयोग गरेको खाँदबारी–६ युवा परिवारका सदस्य सन्तोष रानाले बताए ।

सहयोग रकम विरामी जीतबहादुर राना मगरको राष्ट्रिय वाणिज्य बैंक खाँदबारीमा रहेको खाता नंं। २०८०००००१४०७ मा जम्मा गरिएको युवा परिवारका सन्तोषले जानकारी गराए । विरामीको टिचिङ हस्पितल काठमाण्डौंमा उपचार भएरहेको छ । उनको हस्तामा दुई पटक डाइलोसिस गराइ राखिएको छ ।

आर्थिक अवस्था कमजोर रहेकाले उनको मृगौला प्रत्यारोपणका लागि द्येउसी खेलेर संकल गरेको रकम बैंक खातामा जम्मा गरिदिएको युवा परिवारले जनाएको छ । युवा परिवारको सदस्य विवस खत्रिले भने–‘तिहारमा विभिन्न टोलमा गएर ६ दिन सम्म द्येउसी खेलेर संकल भएको रकम विरामीको उपचारका लागि सहयोग गरेका छौं ।’

आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले उनको उपचारमा थप आर्थिक सहयोग गरिन समेत खत्रीले अपिल गरेका छन् ।

सम्बन्धित समाचार