नेकपा (माओवादी केन्द्र) पालिका अधिवेशन संखुवासभा : को–को भए अध्यक्ष


१४ मंसिर २०७८, मंगलबार


नेकपा(माओवादी केन्द्र) संखुवासभाको ६ स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रको सबै स्थानीय तहहरुमा सर्वसहमतिमा कमिटी चयन भएको माओवादी केन्द्र संखुवासभाले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भर्चुअल माध्यमबाट गाउँ नगर स्तरिय प्रथम अधिवेसनको उद्घाटन गरेका थिए । चिचिला, मादी, खाँदबारी, सिलिचोङ, पाँचखपन, सभापोखरीकाे अधिवेशन  सम्पन्न भएको छ । चैनपुर नगरपालिका र भोटखोला गाउँपालिकाकाे सोमबार (आज) अधिवेसन भइरहेको माओवादीले जनाएको छ । बाँकी पालिकाको अधिवेसन पनि चाँडै सकिने जिल्ला संयोजक कृष्ण जिमीले जानकारी दिए ।

चिचिला गाउँपालिका

शनिवार सम्पन्न अधिवेसनले माओवादी केन्द्र चिचिला गाउँपालिकाको अध्यक्षमा डम्बर जंग गुरुङ चयन गरेको छ । ५५ सदस्यीय कमिटीको उपाध्यक्षमा तारा राई, वकिल राई, वीरबहादुर गुरुङ, सचिवमा नयन्द्र लाम्सोङ राई चयन भएका छन् । त्यसैगरी सहसचिव पुजन राई र कोषाध्यक्ष तिर्थमाया राई चयन भएका हुन् ।

मादी नगरपालिका 

माओवादी केन्द्र मादीनगरपालिकाको शनिबार सम्पन्न नगर अधिबेशनबाट दावा शेर्पा चयन भएका छन् । नगर कमिटीको उपाध्यक्षमा रमेश कार्की, शुक्राहांग लिन्थेप र रबिन कुमार लो रहेका छन् । त्यसैगरी सचिबमा पुष्प कोइराला सहसचिबमा रमेश लुङ्गबा कोषाध्याक्षमा योगकुमारी कार्की सहित ६५ सदस्यीय कमिटी सर्बसहमतिमा चयन गरिएको छ ।

खाँदबारी नगरपालिका 

खाँदबारी नगर कमिटीको अध्यक्षमा दिव्यराज बराल चयन भएका छन् । प्रथम नगर अधिवेशनले ४५ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटिको उपाध्यक्षमा चन्द्र बहादुर जोगी, कुमार तामाङ र शुशीला घिमिरे रहेका छन् । शनिवार सम्पन्न अधिवेशनले सचिवमा लक्ष्मी लिम्बु, सहसचिव अर्जुनबहादुर विश्वकर्मा र कोषाध्यक्ष हरिबहादुर जोशीलाई चयन गरेको छ ।

सिलिचोङ गाउँपालिका 

सिलिचोङ गाउँपालिकाको प्रथम अधिवेशनले इश्वर कुलुङलाई अध्यक्षमा चुनेको छ । ५५ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा निर्मला राई, मनराम राई र माधव राई चयन भएका छन् । त्यसैगरी सचिवमा बालकिशोर कुलुङ, सहसचिव हेमराज राई र कोषाध्यक्षमा किसन राई चयन भएका हुन् ।

पाँचखपन नगरपालिका

कर्ण राईको अध्यक्षतामा पाँचखपन नगरपालिकामा ६१ सदस्यीय नगर कमिटी चयन भएको छ । नगर कमिटीको उपाध्यक्षमा सनमान विक, सुकबहादुर लिम्बु र रुपा सुवेदी रहेका छन् भने सचिव प्रकाश पुरी, सह छिरिङ शेर्पा र दिपेन्द्र राईलाई अधिवेशनले चयन गरेको हो । आइतबार भएको अधिवेसनले सर्वसहमतीमा नगर कमिटी बनाएको छ ।

सभापोखरी गाउँपालिका

सभापोखरी गाउँपालिकाको प्रथम अधिवेशनले विष्णुकुमार तामाङ्को अध्यक्षतामा ४५ सदस्यीय गाउँकमिटी चयन गरेको छ । उपाध्यक्ष छत्रमणी अधिकारी, गुरु सिटौला, सेरबहादुर खड्का रहेका छन् । त्यसैगरी सचिवमा जुद्ध ओनेम, सहसचिवमा रमेश न्यौपाने र कोषाध्यक्ष शुष्मा तामाङ सर्वहमतीमा चयन भएका हुन् ।

 

सम्बन्धित समाचार