सांसद राजेन्द्र प्रसाद गौतम केन्द्रिय कमिटि सदस्य निर्वाचित



संखुवासभा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशनबाट सांसद राजेन्द्र प्रसाद गौतम केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् । लामो समय देखि सक्रिय राजनीतिमा रहेका गौतमले १ हजार ६ सय ३९ मत ल्याएर ओली नेतृत्वको केन्द्रिय कमिटिमा निर्वाचित भएका हुन् ।

गौतमसंगै संखुवासभाबाट एकै पटक दुई जना केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भएका छन् । पर्शुराम मेघी गुरुङ १ हजार ७ सय ८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । २०३२ साल देखि कम्युनिस्ट राजनीति शुरु गरेका गुरुङ ८ औं महाधिवेशन देखि निरन्तर रुपमा एमालेको केन्द्रीय सदस्य रहदै आएका गुरुङले ९ औं महाधिवेशनमा पोलिटब्यूरो र संघीय मामिला भागको जिम्मेवारी समेत सम्हालेका थिए ।

संखुवासभा जिल्लाबाट १ पटक राष्ट्रिय सभा र २ पटक प्रतिनिधि सभा गरी ३ पटकसम्म निर्वाचित भइसकेका गुरुङ एमाले वृत्तमा स्पस्ट भिजन भएका र त्यागी नेताका रुपमा परिचित छन्।

सम्बन्धित समाचार