हेदाङ्नाबाट अवैध काठ बरामद


१६ मंसिर २०७८, बिहिबार


संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ३ स्थित हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय हेदाङ्ना चेकपोष्टले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेपछी बरामत गरेको हो ।

किमाथांका तर्फबाट खाँदबारी तर्फ आउँदै गरेको ना ७ त ६३६३ नम्बरको ट्याक्टरबाट १ सय ४१ थान (८६.५ किबी) काठ बरामद गरिएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक मकालु गाउँपालिका वडा नं. १ बस्ने सुरज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मकालु बरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार