संखवासभा। प्रदेश १ बाट उपसभापतिमा उम्मेदवारी दिएका टंक राई बलिया देखिएका छन् । संस्थापन समूहबाट उम्मेदवारी दिएका राई बौद्धिक र कार्यकर्तामाँझ लोकप्रिय भएकाले बलिया देखिएका हुन् ।
२०५६ सालमा संखुवासभाको एक नम्बर क्षेत्रबाट सांसद पदमा निर्वाचित राई बौद्धिक, इमान्दार र अनुशासित नेताका रुपमा परिचित छन् । तत्काली संसदको विकास समितिमा बसेर काम गरेको अनुभव उनीसँग छ । कार्यकर्तामाँझ लोकप्रिय भएकै कारण पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीका लागि अगाडि सारेको बताइएको छ ।
पार्टीमा पु¥याएको योगदानकै कारण उनी कार्यकर्ताको मनमस्तिष्कमा बस्न सफल छन् । अहिलेसम्म उनीमाथि कसैले औंला ठड्याउने अवसर पाएका छैनन् । प्रदेश १ मा नेपाली कांग्रेसको संगठन बलियो बनाउन उनले गरेको महेनतले नै कार्यकर्ताको मन जित्न सफल भएका हुन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रकृया अन्तिम चरणमा पुगेको छ । यतिबेला प्रदेश अधिवेशन जारी छ । प्रदेश २ बाहेक सबैमा आज प्रदेश नेतृत्व चयनका लागि उम्मेदवारी मनोनय भएको छ भने भोलि बिहान ८ बजेबाट मतदान हुँदैछ । अधिवेशनमा दुई प्यानल चुनावी मैदानमा छन् ।
प्रतिक्रिया