नेपाली काँग्रेस : प्रदेश १ को महामन्त्रीमा संखुवासभाका दीपनकुमार श्रेष्ठको उम्मेदवारी



संखुवासभा । नेपाली काँग्रेस प्रदेश नं. १ को अधिबेसनमा महामन्त्री पदमा संखुवासभाका दीपनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

संखुवासभा काँग्रेसको निवर्तमान जिल्ला सभापति, नेविसंघका पुर्व केन्द्रिय सदस्य र अहिले महासमिति सदस्य रहेका युवा नेता श्रेष्ठले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। बौद्विक ब्यक्तित्वका धनी श्रेष्ठ संखुवासभामा लोकप्रिय युवा नेता हुन् । उनले महामन्त्रीमा निर्वाचित गराउन सम्पुर्ण महाधिवेशन प्रतिनिधि ,प्रदेश अधिवेशन प्रतिनिधि,क्षेत्रीय सभापति एवम जिल्ला सभापतिहरुले आफ्नो अमुल्य मत प्रदान गरि विजय गराईदिनहुन हार्दिक अपिल समेत गरेका छन् ।

कुसल नेतृत्वका धनी श्रेष्ठले संघीयता पछि प्रथम पटक भएको ऐतिहासिक प्रदेश महाधिवेशनले सक्षम र योग्य नेतृत्व चयन गरि देशभर काँग्रेसमय बनाउन, देशको नेतृत्व काँग्रेसले मात्रै गर्न सक्ने र जनताका सुखदुस्खका साथी काँग्रेस मात्रै भएकाले आफ्नो उम्मेदवारी रहेको बताएका छन् । पार्टी भित्रको गुट उपगुटको अन्त्य गर्न लागि पर्ने समेत उम्मेदवारी रहेको उनको भनाइ छ ।

श्रेष्ठले महामन्त्री पदमा संस्थापनइतर समुहबाट उम्मेदवारी दर्ता गराएका हुन् । बिहीबार देखि बिराटनगरमा प्रदेश नम्बर १ को अधिबेसन शुरू भएको हो ।

सम्बन्धित समाचार