काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई हराएको छ ।
गएराति भएको खेलमा वाटफोर्डलाई ३–१ गोलले हराउँदै सिटी अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
सिटीको जितमा रहिम स्टर्लिङले एक तथा बर्नान्डो सिल्भाले दुई गोल गरे । सिटीले खेलको सुरुवातमै स्टर्लिङको गोलबाट अग्रता बनाएको थियो ।
सिल्भाले खेलको ३१ र ६३ औँ मिनेटमा गोल गरे ।
वाटफोर्डका कुचो हर्नान्डेजले खेलको ७४ औँ मिनेटमा एक गोल फर्काए । जितपछि शीर्षस्थानमा रहेको सिटीको १५ खेलमा ३५ अङ्क छ ।
समान खेलमा ३४ अङ्क रहेको लिभरपुल दोस्रो र ३३ अङ्कका साथ चेल्सी तेस्रो स्थानमा छ । अर्को खेलमा लिभरपुलले उल्भ्सलाई १–० ले हराएको छ । लिभरपुलका डिभोक ओरिगीले खेलको इञ्जुरी समयमा निर्णायक गोल गरे ।
प्रतिक्रिया