अनेरास्ववियु संखुवासभाद्धारा संगठन बिस्तारको अभियान सुरु



संखुवासभा । अनेरास्ववियु संखुवासभाले संखुवासभा बहुमुखी क्याम्पस चैनपुरमा क्याम्पस सम्मेलन गर्दै संगठन बिस्तारको आभियान सुरु गरेको छ। संगठनका केन्द्रीय स्थाई कमिटी सदस्य टंक रोकाको प्रमुख आतिथ्यतामा अनेरास्ववियुले क्याम्पस सम्मेलन सम्पन्न गरेको हो।

सम्मेलनले सुनिता भन्डारीको अध्यक्षतामा ४१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा रमा राई र दिपक विशवकर्मा, सचिबमा मेघराज पौडेल, सह सचिवमा नमिता न्यौपाने, उमा राई र टेक बहादुर दाहाल तथा कोषाध्यक्षमा संगिता राई चयन भएका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोकाले संगठन विस्तारको यो अभियान कसैले रोकेर नरोकिने र जिल्लाका अधिकतम बिद्यार्थी अखिलमा संगठित गर्ने उद्घोष गरेका छन्। अनेरास्ववियुले अभियानको निरन्तरतामा मंसिर २२ गते मादी बहुमुखी क्याम्पस कमिटीको सम्मेलन गर्न लागिरहेको अनेरास्ववियु जिल्ला कमिटी सह(सचिव गोपाल प्रसाईंले बताएका छन्।

सम्बन्धित समाचार