खाँदबारी । १८ औं महिला स्वास्थ्य स्वयम् सेविका दिवसको अवसरमा संखुवासभाका दश उत्कृष्ठ महिला सामुदायिक स्वास्थ्य संयम् सेविकाहरु पुरस्कृत भएका छन् । दिवसको अवसरमा स्वास्थ्य कार्यालय संखुवासभाले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
पुरस्कृत हुनेहरुमा भोटखोला गाउँपालिकाका फिञ्जुम भोटे, मकालु गाउँपालिकाका कविता राई, सिलिचोङ गाउँपालिकाका दुतीसरी राई, चिचिला गाउँपालिकाका समिता राई र सभापोखरी गाउँपालिकाका शोभा पुलामी मगर छन् । त्यस्तै, पाँचखपन नगरपालिकाका लक्ष्मी देवान लिम्बु, चैनपुर नगरपालिकाका निर्मला भट्टराई, मादी नगरपालिकाका शान्ता शर्मा, धर्मदेवी नगरपालिकाका आरती श्रेष्ठ र खाँदबारी नगरपालिकाका जानुका तोलाङ्गी रहेका छन् । पुरस्कृत हुनेहरुले नगद १२ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राई, चिचिला गाउँपालिकाका उपाध्यक्ष यदुकमारी राई, सिलिचो गाउँपालिकाका उपाध्यक्ष लालकुमारी राई र चैनपुर नगरपालिकाका उपप्रमुख मुना श्रेष्ठको पानि उपस्थिती रहेको थियो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविकाहरुको काम, कर्तब्य, अधिकार, कार्य क्षेत्र लगायतका बारेमा स्वास्थ्य कार्यालय प्रमुख बाह्रकोटीले जानकारी प्रस्तुत गरेका थिए । बाह्रकोटीले जिल्लाको दश वटै पालिकाहरुमा स्वास्थ्य स्वयम् सेविकाहरु मार्फत प्रदान गरिएको सेवाहरुको जानकारी पनि प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया