भोजपुर । १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८७ औं जन्म जयन्ती भव्यताका मनाईएको छ । षडानन्द सीताराम गुठीले एक औपचारिक कार्यक्रम आयोजना गरि १८७ औं जन्म जयन्ती भव्यताका साथ सम्पन्न गरेको हो । षडानन्द नगरपालिकाका मेयर वीरबल राईको प्रमुख आतिथ्यमा तथा षडानन्द सीताराम गुठीका अध्यक्ष कृष्ण प्रसाद पौडेल (प्रकाश)को अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न जातजातीका झाँकी प्रर्दशन साथै दिङ्ला वरपर रहेका विद्यालयहरुबाट कार्यक्रममा पिटि प्रर्दशन समेत भएको थियो । षडानन्द माध्यमिक विद्यालयको प्राङगणबाट सुरु भएको ¥याली नारायण चौर, मन्दिर, षडानन्द अधिकारीको मुर्ति भएको क्षेत्र संगै बजार परिक्रमा गरि दिङ्ला भलिबल ग्राउण्डमा औपचरिक कार्यक्रम गरि कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा षडानन्द माध्यमिक विद्यालय, अरुण मा.वि., न्यू समिट इङ्लिस बोर्डिङ स्कुल, गोविन्द मेमोरियल साथै सरस्वती अधारभुत विद्यालयको विद्यार्थी साथै शिक्षकहरुको उपस्थिति रहेको थियो ।
१०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीलाई चाँडो भन्दा चाँडो राष्ट्रिय विभुति घोषण गरिनु पर्ने कार्यक्रममा उपस्थित वक्ताहरुको माघ रहेको थियो ।
प्रतिक्रिया