संखुवासभा । मानव अधिकार तथा शान्ति समाज संखुवासभाले प्रधानन्यायधिस चोलेन्द्र सम्शेर जवरा विरुद्ध प्रदर्शन गरेको छ । ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा समाजले खाँदबारीमा शुक्रबार प्रदर्शन गरेको हो । मानव अधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष रसक्षम न्यायालयको आवश्यकता अनैतिक प्रधानन्यायधिस चोलेन्द्र सम्शेर जवराको शिघ्र राजिनामा माग गर्दै समाजले प्रदर्शन गरेको छ ।
जिल्लाका मानवअधिकार कर्मीहरुले न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायधिसले राजिनामा नदिए महाअभियोग लगाउ, न्यायालयमा राजनितिक नियुक्ति बन्द गर लगायतका प्ले कार्डहरु प्रदर्शन गरेका थिए ।
हरेक वर्ष १० डिसेम्बरका दिन नेपाल सहित विशवभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया