पोखरा । रक्तदान नै जीवनदान हो भन्ने मुल नाराका साथ पोखराको चिप्लेढुङ्गा मानव अधिकार चोकको ट्रेट महल स्थित एक भब्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोख्रेली सेवा समाजको मुख्य आयोजना रहेको कार्यक्रममा अन्य पाँचवटा संस्था शेर्पा सेवा समाज, राई मुलघर सेवा समाज, हेल्पिङ ह्याण्डस्, युनिटी अफ फेमेली ग्रुप र ङोलो ङोल्स्यो तमु समाज सहयोगी संस्थाको भुमिकामा रहेको थियो ।
पोख्रेली सेवा समाजकी अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा र पोखरा महानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष शङ्कर प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा साथै हेल्पिङ ह्याण्डसका सल्लाहकार सीएम गुरुङको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ६ वटै संस्थाका पदाधिकारीहरु, सदस्यहरु, स्वयंसेवक लगायत अन्य उपस्थित थुप्रै ब्यक्तिहरुले रक्तदान गर्नु भएको थियो ।
बिगो सामाजिक सञ्जालबाट शुरु भएको यी छ वटै संस्थाले एकआपसमा सहकार्य गर्दै विगतमा पनि थुप्रै सामाजिक कार्य गरिसकेका छन् । लकडाउनको समयमै शेर्पा सेवा समाजको प्रमुख आयोजनामा काठमाडौंको बौद्ध, पशुपति र स्वयम्भू गरि तीन ठाउँमा खाना बितरण गरिएको थियो । त्यस्तै, राई मुलघर सेवा समाजको आयोजनामा पनि काठमाडौं स्थित दुईवटा बाल आश्रम र एकवटा वृद्ध आश्रममा खाद्यान्न, लत्ताकपडा, कासो थाल लगायतका सामाग्री वितरण गरिएको थियो ।
दिउँसो करिब ११स्३० बजेबाट शुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा कास्कीले आयोजकलाई प्राबिधिक रूपमा सहयोग गरेका थिए । शुरुमै भिम बहादुर श्रेष्ठले रगत दिएर रक्तदानको ढोका उघारेको थियो । रक्तदान गर्ने सबैलाई आयोजकको तर्फबाट “सेवा नै धर्म हो” लेखिएको टिसर्ट र प्रमाण(पत्रको ब्यवस्था समेत गरिएको थियो ।
प्रतिक्रिया