सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु



सिन्धुपाल्चोक । बलेफी गाँउपालिका-४ माँझ गाउँमा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ। जन्ती लिन विञ्जेल जाँदै गरेको बा २ ख ५६१४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।

घटनामा पनि अन्य १० जना गम्भीर घाइते भएका छन् भने १० जनाभन्दा धेरै सामान्य घाइते भएका स्थानीय ज्ञानेन्द्र तिमल्सिनाले बताए। घाइतेहरूलाई उपचारका लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल धुलिखेल पठाइएको छ।

बसमा विवाहका लागि आएका पाहुनाहरु रहेको तिमिल्सिनाले बताए। बस सडकबाट करिब १०० मिटर तल खसेको छ।

घाइतेहरूलाई स्थानीय‚ नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। बसमा करिब २५ जना रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार