काँग्रेस केन्द्रीय सदस्यमा संखुवासभाको तारामान सहित ३ जनाको उम्मेदवारी



काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा संखुवासभाका तारामान गुरूङ सहित तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

संखुवासभामा चार पटक पार्टी सभापति र पुर्वस्वास्थ्य राज्यमन्त्री समेत बनिसकेको विकास प्रेमी युवा नेता तारामान गुरूङले आदिवासी जनजाति कोटा अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवा( पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समिकरण बनेको अवस्थामा गुरूङको उम्मेदवारी सिटौला पक्षबाट भएकाले जित्ने संम्भावना प्रवल रहेको बताइएको छ । गुरूङ सिटौला निकट मानिन्छन् ।

त्यसैगरि केन्द्रीय सदस्यमा निरू तामाङ बस्नेत र थलकुमार लिंखाको समेत उम्मेदवारी दर्ता भएको छ । उनीहरू दुवै जनाले आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

शुक्रबार काठमाडौं भृकुटीमण्डपमा १४ औ महाधिवेशन भब्य समारोह बिच उद्घाटन भएको हो । शनिबार मनोयन दर्ता, आइतबार दावि विरोध पछि अन्तिम नामावली प्रकाशन पछि सोमबारबाट मतदान शुरू हुनेछ ।

सम्बन्धित समाचार