खाँदबारी । नेपाल राष्ट्रिय शिक्षक संगठन संखुवासभाको १३ औ जिल्ला अधिवेसनबाट अध्यक्षमा विश्वनाथ सुवेदी निर्वाचित भएका छन् । शनिवार साँझ भएको निर्वाचनबाट सुवेदी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
सुवेदीले १ सय ९७ मत ल्याएर विजयी भएका हुन् । अध्यक्ष पदमका निकटम प्रतिद्धन्द्धी रामकुमार चर्मकारले ७४ र ताराबहादुर बुढाथोकीले ६६ मत ल्याएका थिए । खुल्ला उपाध्यक्षमा १ सय ७० मत ल्याएर रामप्रसाद लम्साल विजयी भएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी गोविन्द बहादु श्रेष्ठले १ सय ६३ मत ल्याएका छन् । महिला उपाध्यक्षमा २ सय १४ मत ल्याउँदै पार्वती दहाल विजयी भएकी छिन् । महिला उपाध्यक्षमा हेमकुमारी चौहानले १ सय २१ मयत ल्याएर पराजीत भएकी हुन् ।
त्यसैगरी योगेन्द्रकुमार श्रेष्ठले १ सय ६१ मत ल्याएर कोषाध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा विजयी श्रेष्ठ, रमेश भट्टराई, अम्बिका प्रसाद न्यौपानेले उम्मेदरी दिएका थिए । सचिवमा कृष्णबहादुर चापागाई, सहसचिवमा निर्मला तामाङ, सहकोषाध्यक्ष चन्द्रा लामिछाने निर्विरोध निर्वाचित भएको थिए । अधिवेसनबाट ५ सदस्य महाधिवेसन प्रतिनिधी सहित ४० जनाको जिल्ला पदाधिकारी चयन भएको शिक्षक संगठनले जनाएको छ ।
प्रतिक्रिया