सार्वजनिक यातायतमा भाडा छुट गर्न अनेरास्ववियू संखुवासभाद्धारा बुझाइयो ज्ञापनपत्र



संखुवासभा । अनेरास्ववियू संखुवासभाले सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडा छुट गर्नका लागि जिल्ला प्रशासन कार्यालय संखुवासभामाा ज्ञापन पत्र बुझाएको छ । हालसम्म संखुवासभामा भाडा छुट नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । अनेरास्ववियू संखुवासभाका अध्यक्ष विजय कार्की र सचिव बिवश खत्रीद्धारा हस्ताक्षरित ज्ञापनपत्र प्रशासन कार्यालयमा बुझाएका हुन् ।

सार्वजनिक यातायातमा विद्यार्थीको लागि ४५ प्रतिशत भाडा छुट हुने व्यवस्था भएपनि संखुवासभा जिल्लामा अहिले सम्म यो व्यवस्था लागु नभइको भन्दै भाडा छुटका लागि अनेरास्ववियूले ज्ञापन पत्र बुझाएको छ । विद्यार्थीहरुमा आर्थिक अभाव हुने भएको भन्दै सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई नियम अनुसार भाडा छुटको माग राखेका हुन् । ज्ञापनपत्र बुझाउँदै ४५ प्रतिशत भाडा छुट हुने व्यवस्था कार्यान्वयनका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी सँग माग गरेको अध्यक्ष कार्कीले बताए ।

सम्बन्धित समाचार